पौष १९, काठमाडौं ।केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मनोनयनबाट रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ ।१४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई सोमबारको केन्द्रीय समिति बैठकले दोस्रो वरियतामा राखेको हो ।महाधिवेशनका बेला उनले राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए ।
Advertisement

