सरस्वती केन्द्रद्वारा आयोजित अन्तरबिधालय स्तरिय बकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। रत्ननगर नगरपालिकामा रहेका विभिन्न सामुदायिक बिधालय स्तरिय आधाभुत तहमा रहेका बिद्यार्थीहरु बिच भएको प्रतियोगितामा रत्ननगर नगरपालिकाका १० बिधालयका ६२ जना बिद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो। कार्यक्रमको अध्यक्षता सरस्वती केन्द्र नेपालका अध्यक्ष डा वसन्त प्रसाद अधिकारिले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा रत्ननगर नगरपालिका का नगर प्रमुख नारायण वनको उपस्थिति थियो । बिद्यार्थीहरुमा सानैदेखि बोल्ने कलाको बिकास होस भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा शिक्षकहरुलाई पनि उहाहरुले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको कुरा सरस्वती केन्द्र नेपालका सहसचिब समुन्द्र भट्टराईले जानकारी गराउनु भयो। आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम आएमा रत्ननगर नगरपालिका को पुर्ण सहयोग र साथ रहने कुरा नगरप्रमुख वनले जानकारी गराउनु भयो।
रत्ननगरमा अन्तर बिधालय बकृत्वकला सम्पन्न
रत्ननगरमा अन्तर बिधालय बकृत्वकला सम्पन्न
तपाईको प्रतिक्रिया


