पौष १५, काठमाडौं ।सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् ।तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो ।सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर सिंह डङ्गोलसँग १० लाख, एलिना तुलाधर, मायोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभ केतन ढुङ्गानासँग प्रतिव्यक्ति पाँच/पाँच लाख तथा शङ्करप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।
Advertisement
सहकारीका कार्यालय सहयोगी सङ्गीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन् ।

