पौष १५, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ ।आज बिहान भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो ।सिटीका फिल फोडेनले खेलको १६ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । सिटी अङ्कतालिकाको शीर्षस्थानमा कायमै छ । उसको २० खेलमा ५० अङ्क छ ।अर्को खेलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् ।
चेल्सी र ब्राइटनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । चेल्सीले खेलको २८औँ मिनेटमा रोमेलु लुकाकुको गोलबाट अग्रता बनाएको थियो तर अन्तिममा जोगाउन नसक्दा खेल बराबरी भयो । अङ्क तालिकामा दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलमा ४२ अङ्क छ ।
Advertisement
शीर्ष स्थानको सिटी चेल्सीभन्दा ८ अङ्कले अगाडि छ ।

