पौष १४, चितवन । युवा वर्गमा लागुपदार्थ दुर्व्यसनी नियन्त्रणमा आत्म अनुसासनको महत्त्व ” विषयक अन्तर माध्यमिक विद्यालयस्तरिय वक्तत्वकला प्रतियोगितामा नारायणी नमूना माध्यमिक विद्यालयकी अनुश्का शर्मा प्रथम भएकी छिन । भरतपुर महानगरपालिका वडा न. ११ स्थित स्वस्तिक नेपालले सस्थाका कार्यसमिति सदस्य हेमन्त के. सि “हरि” का स्वर्गीय पिता लालबहादुर के. सिको स्मृतिमा सो प्रतियोगिता गरिएको हो ।

सो प्रतियोगीमा प्रेमवस्ती माध्यमिक बिद्यालयकि सुमना सुवेदी दितीय लक्ष्मी माध्यमिक बिद्यालय लङ्कुकी स्वस्तिका शर्मा पाठक तृतीय भएकि छिन । भरतपुर महानगरपालिका भित्रका ११ बिद्यालयको सहभागीता रहेको सो प्रतियोगितामा सस्थाका पुर्व अध्यक्ष भरत मल्ल प्रमुख निर्णायक रहनुभएको थियो भने पुर्व अध्यक्षहरु सुदिप सिह अधिकारी , बालकृष्ण कंडेल निर्णायक रहनुभएको थियो ।

प्रतियोगितामा प्रथम ,दिर्तिय, तिर्तिय , र सहभागी प्रतियोगिहरुलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। सो को प्रयोजन सदस्य हेमन्त के. सि “हरि” ले आफ्नो बुबा लालबहादुर के. सि को स्मरणमा गर्नुभएको हो । सस्थाका अध्यक्ष राजन अधिकारिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सस्थाका सदस्य प्रेम बरालको संयोजकत्वमा आयोजना गरिएको हो । कार्यक्रम महासचिव विमल अधिकारिले संचालन गर्नुभएको थियो । स्वस्तिक नेपालले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा विभिन्न तालिम , प्रतियोगिता एवं सचेतना अभियान सन्चालन गर्दै आएको छ ।

Advertisement

