जिल्लामा वडा अधिबेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।
उहाँका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला समिति सभापतिसहित ५० जनाको हुने छ । जिल्लामा तीन क्षेत्र छ । देशमानै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पर्दछ । यसअघि अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन ।
यसै जिल्लाबाट नेपाली कांग्रेसको स्थापनापछि पहिलो पटक पाँच जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गर्नुभएको छ । यसअघि जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन कोही सकेको थिएन । (रासस)

