मङ्सिर १३, काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधिका लागि आज नेपाल र उज्बेकिस्तान खेल्दैछन् ।बङ्गलादेशको ढाकामा नेपाल र उज्बेकिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।नेपाल प्रतियोगिताको साविक विजेता हो । ६ देश सहभागी प्रतियोगितामा नेपाल अपराजित छ । नेपाल शीर्ष स्थानमा र उज्बेकिस्तान दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।महिलातर्फको तेस्रो स्थानका लागि श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् ।पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्बेकिस्तानसँग खेल्नेछ ।नेपाल र उज्बेकिस्तानबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ ५ देश सहभागी छन् ।
Advertisement

