मङ्सिर १२, चितवन ।हाल चितवनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । अस्पतालले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार अहिले जिल्लाभर सक्रिय संक्रमितको संख्या घटेर ८८ जना रहेका छन् । जसमध्ये ८४ जना होम आइसोलेसनमा छन् भने ४ जना अस्पतालमा रहेका छन्चितवनमा आज थप ९ जना नयाँ संक्रमित थपिएका छन् । कार्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४५८ जनाको कोरोना परिक्षण गर्दा पिसिआर परिक्षणबाट ८ जना र एन्टिजेनबाट परिक्षण गरिएका १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै जिल्लाभर सक्रिय संक्रमितको संख्या २७ हजार १९७ जना पुगेका छन् ।
यता, आज ४ जना कोरोनामुक्त भएका छन् । यस सँगै हालसम्म जिल्लाभर २६ हजार ६७४ जनाले कोरोना कोरोना जितेका छन् ।
Advertisement

