मङ्सिर ११, चितवन ।चितवनमा कोरोना सक्रिय संक्रमितको संख्या १ सय भन्दा कममा झरेको छ । स्वास्थ्य कार्यलय चितवनका अनुसार आज (आईतबार) दिउंसो सम्म चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८४ मा झरेको हो
उनीहरुमध्ये ८० जना होम आइसोलेसनमा छन् भने ४ जना अस्पतालमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३५ पुगेको छ । जिल्लाभर संक्रमितको संख्या २७ हजार १८४ पुगेको छ भने जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २७ हजार १८९ पुगेको छ ।
Advertisement

