पुस १०, चितवन
रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स साथि आधारभुत तालिम तथा पुनर्ताजगि कार्यक्रम सम्पन्न गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी चितवन नवलपुर क्षेत्रको आयोजना र रिलायन्स लाइफका सेल्स हेड सन्दिप कसजुको प्रमुख उपस्थितिमा शनिबार भरतपुरमा कार्यक्रम गरिएको हो ।
सो अबसरमा नारायणगढ शाखाबाट यो बर्ष एमडिआरटिमा छनोट हुने एकमात्र एजेन्सी म्यानेजर मुमानाथ चालिसेलाइ तथा उत्कृष्ट काम गर्ने १६ जना एजेन्सी म्यानेजर हरुलाइ सम्मान समेत गरिएको छ । सोही अबसरमा प्रशिक्षण दिदै सेल्स हेड कसजुले नारायणगढ शाखाले हाल सम्म गरेको कार्यको प्रशंसा गर्दै एमडिआरटिमा छनोट चालिसेलगाएतका एजेन्सी म्यानेजरहरुलाइ थप शुभकामना ब्यक्त गर्नु भयो ।
करिब ८० जना एजेन्ट तथा एजेन्सी म्यानेजर सहितको सहभागिता रहेको तालिममा यस्ता पुनर्ताजगी कार्यक्रम ले आम सर्वसाधरणमाझ बिमा प्रतिको आकर्षण थप जगाउन हौसला मिल्ने विस्वाश लिइएको छ ।

