मङ्सिर ०९, काठमाडौं ।लुम्बिनी प्रदेश सरकारले नवलपरासी र कपिलवस्तुमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ती कार्यालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।निर्णयसँगै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई नवलपरासी र कपिलबस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोहरूका लागि आर्थिक वर्ष ०७८÷०७९ को इजाजतपत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।
यस्तै, प्रदेश राजधानीका स्थायी संरचना बनाउने जग्गा प्राप्तिका लागि संघीय सरकारसँग रकम माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।
Advertisement

