बिनिता कंडेल पौष०७, चितवन भरतपुरमहानगरपालिकाको बजार क्षेत्रमा सरसफाइको नाममा हरेकदिन शुल्क उठाउने गरेको पाईएको छ ।
भरतपुरमहानगर पालिकाको प्रमुख बजार चौबीस कोठिमा रहेका फुटपाथ ब्यावसायिहरुलाई विभिन्न बाहाना बनाएर दुख दिने गरेका छन् । भरतपुर महानगरले दिउँसो फुटपाथका ब्यवसायीहरुलाई लखेट्छ भने साँझ तिनिहरु सरसफाइ शुल्कको बहानामा सँग पैसा असुल्दै आएको छ ।
नियमअनुसार महानगरले फुटपाथमा ब्यपार गर्न प्रतिबन्ध लगाएको छ तर भरतपुर महानगर पालिकाले फुटपाथका ब्यपारिहरुलाइ झुटो आस देखाउदै मन लाग्दि सरसफाइ शुल्क लिएको छ । चौबिसकोटिमा बसेर मकै बेच्ने एक ब्यपारि निखिल यादप भन्छन् ,” दिनदिनै सरसफाइ सेवा शुल्क भनेर पैसा उठाउन आउँछन् हप्ताको तीन दिन पचास रुपैयाँ लान्छन् भने चार दिन तीस रुपैयाँ लान्छन् “भन्दै रसिद देखाए । दिनकै पैसा तिरेका छौ तर पनि नगर प्रहरी आएर लखेट्छ ।पैसा तिरेपछि त बस्न पाउन पर्ने होइन र ?? भनेर उल्टै प्रश्न गरे ।
यस्तै एक फुटपाथका ब्यपारि मायाकुमारि भन्छिन् ,दिनको पचास रुपैयाँको दरले सरसफाइ सेवा शुल्क तिर्दै आएका छौ । यहि ब्यपारबाट नै आज सम्म परिवारको जिबिका चल्दै आएको बताईन् । बिहान मन्डिबाट सामान उधारो ल्याउने र दिनभरि व्यापार गरेर बेलुका लगेर तिर्नुपर्ने भन्दै गुनासो गरिन् । “सरसफाई सेवा शुल्क दिएन भने सामान लाने , फाल्दिने , डराउने धम्काउने जस्ता त्रियाकलाप गर्छन”उनले भनिन् । मान्छे अनुसारको व्यवहार गर्छन् आईमाई केटाकेटीलाई नराम्रो ब्यबहर गर्छन् भन्दै निरास अनुहार बनाईन् । उनको ध्यान ग्राहक तिर भन्दा पनि बाटो तिर हुन्छ कुन बेला नगर प्रहरीको गाडि आएर लखेट्ने हो भन्ने त्रासमा व्यापार गरिरहेका छन् । यस्तै एक फुटपाथमा जुत्ता सिलाएर बस्ने श्रिहरि भन्छन् , नगर प्रहरी आयो भने सामान पोको पारेर बस्छम् साझँ भने दिनको तीस रुपैयाँको रसिद काट्छन् । कुनै दिन कमाई नभएको बेला पैसा छैन भन्दा पालिस बुरुस जस्ता सामान उठाएर लाने र अभन्द्र व्यापार नराम्रो शब्द बोल्ने गरेको गुनासो गरे ।
यता,, भरतपुर माहानगर पालिकाका प्रवक्ता तथा वडा न. १०का वडा अध्यक्ष अरुण पिडित भन्डारीले भने यो नियम नभएको जानकारी दिए । भन्डारिले यदि दैनिक रुपमा त्यसरि सरसफाइ शुल्कको नाममा शुल्क उठाएको प्रमाणित भए आफुले कारवाही गर्ने बताए । महानगरले नियमानुसार नै मासिक रुपमा मात्रै शुल्क उठाउने गरेको भन्दै त्यसरी दैनिक कुनै शुल्क नउठाएको दाबी गर्नुभयो तर फुटपाथ व्यावसायिहरु सङ्ग भने महनगरको नाममा रहेको रसिद काटेर सरसफाइ शुल्कको नाममा दैनिक ५० रुपैयाँ सम्म असुल्ने गरेको हामिले पत्ता लगाएको छ ।
भरतपुरमहानगरको नाममा यसरी रसिद काटेर सरसफाइ शुल्कको नाममा पैसा असुल्ने गरेको पाईएको हो ।
बिल हेर्नुहोसदिनभरी कमाएर साँझमा छाक टार्ने बाध्य फुटपाथ व्यवसायीहरु महानगरको चेपुवामा परेका छन् । महानगर आफैले व्यवसाय सञ्चालन गर्न दिदैन भने तिनै व्यवसायीसंग दिनदिनै शुल्क लिनु कहासम्मको न्याय हो ?

