मङ्सिर २९,काठमाडौं । माडीमा घुम्ती बीमा अन्तर्गत कृषि तथा पशुपन्छी बीमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको आयोजनामा कम्पनीका क्षेत्रीय प्रमुख भरत मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा माडी नगरपालिका- २ का वडाअध्यक्ष ईश्वरीप्रसाद ढकाल प्रमुख आतिथि थिए । मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त पौडेलले शुभकामना कार्यक्रमको प्रभावकारिताको चर्चा गर्दै मन्तव्य राखेका थिए ।
Advertisement
वडाअध्यक्ष ढकालले माडीमा आएर बीमा सम्बन्धि कार्यक्रम राखेकोमा कम्पनीलाई धन्यवाद दिँदै माडीमै कार्यालय भएमा सहज हुने र कृषकहरु लाभान्वित हुने बताए । कार्यक्रममा बीमा सम्बन्धि जानकारी दिँदै क्षेत्रीय प्रमुख मल्लले कृषकहरूका जिज्ञासालाई पनि सम्बोधन गरेका थिए ।

