• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन


मङ्सिर २३, काठमाडौं ।नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् ।२४-२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनकाे चिन्ता बढेकाे छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ ।

Advertisement

ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुबै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ ।

Advertisement

महाधिवेशन स्थल वरीपरीको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौं । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौं । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरीपरी खटिन्छन् । यो नर्मल अवस्थाभन्दा बढी हो ।’

माइतीघर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको हो । ‘योभन्दा अगाडि ठूला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना बनाएका छौं । नर्मल अवस्थाभन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन,’ उनले भने ।

असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ । ‘अरु सवारी चल्नै नसक्ने अवस्था हुँदैन । अरु गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’  एसएसपी भट्टराई भन्छन्, ‘इन्ट्री पोइन्ट हेरिन्छ । असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’

दोस्रो महत्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिँकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ । यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुनेगरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ ।

एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ । टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ ।  ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ,’ उनले भने ।

बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.