मङ्सिर १७, काठमाडौं ।सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणको दुई खेलहरु हुनेछन्। पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।फ्रेन्ड्स र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन्।
फ्रेन्ड्स आज पहिलो जितको खोजीमा हुनेछ। फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ। थ्री स्टार दोस्रो जितको खोजीमा रहनेछ। थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ।
Advertisement
यस्तै दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र एपीएफबीचको खेल पौने ५ बजे सुरु हुनेछ। आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन्।
पहिलो पटक शीर्ष लिग खेलिरहेको सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ। सातदोबाटो आज दोस्रो जितको खोजीमा रहने छ। एपीएफ भने पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ। एपीएफले अघिल्ला दुई खेल गुमाएको थियो।
अंक विहीन रहेको एपीएफ १३ औं स्थानमा रहेको छ।

