आज सातदोबाटो पहिलो जितको खोजीमा हुनेछ। सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले थ्री स्टारविरुद्ध तीन अंकको लागि खेल्ने बताए।
‘हामी तीन अंककै लागि खेल्छौं। हामी नयाँ टिम हौँ। राम्रो उपस्थिति जनाउनका लागि मेहेनत गरिरहेका छौँ। १३ औं खेलसम्म जित्नकै लागि खेल्छौं। तर, सोचेजस्तो हुँदैन,’ प्रशिक्षक केसीले थ्री स्टारसँगको खेल अघि भने।
पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो।
यता, थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३(० ले हराएको थियो। थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो खेलको गल्ति नदोहोर्याउने बताए।
‘पहिलो खेलमा जुन गल्तिहरु भएको थियो । सेट पिसमा मात्र गोल भएको थियो। तर, हामीले टाइम ५-६ दिन पायौं। तयारी राम्रो छ। मलाई लाग्छ खेलाडीले राम्रो गर्छ,’ उनले भने,’ सातदोबाटो राम्रो टिम छ। हेरौं के हुन्छ।’
लिग अन्तर्गत नै दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र फ्रेन्ड्सबीचको खेल पौने ५ बजे सुरु हुनेछ। संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो। फ्रेन्ड्सविरुद्ध मैदान उत्रदा संकटा पहिलो जितको खोजीमा हुनेछ।
फ्रेन्ड्स पनि पहिलो जितको लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो खेलमा फ्रेन्ड्सले गोलरहित बराबरी खेलेको थियो।

