मङ्सिर ०८, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयस्थित आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो । आयोगले बिहीबारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्ने छ ।नेकपा एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मङ्सिर १० गते चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा मङ्सिर ११ गते गरिने कार्यक्रम तय भएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मङ्सिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनाएको छ भने ११ गते बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मङ्सिर १२ गते मतदान प्रक्रिया हुने छ ।
Advertisement

