मङ्सिर ०४, काठमाडौं । दक्षिण अफ्रिकन लेजेण्ड एबी डिभिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षीय डिभिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।
‘यो यात्रा राम्रो रह्यो, तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु’ डे भिलियर्सले शुक्रबारको स्टेटमेन्टमा भनेका छन् ।उनले दक्षिण अफ्रिकाका लागि ११४ टेष्ट, २२८ ओडिआई र ७८ टी-२० आई खेलेका छन् । डिभिलियर्सले ओडीआईमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान बनाएका छन् ।
Advertisement

