बिनिता कंडेल ,मङ्सिर ०२, चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पसले सामान्य रुपमा बार्सिक उत्सब मनाएको छ। आज बिहिबार एक कार्यक्रमको आयोजना गर्दै ३३ औ वार्षिकोत्सब स्वास्थ्य परिक्षण र सरसफाइ गर्दै सामान्य रुपमा मनाएको हो।
कोभिडका कारणले बिगत २ बर्स कलेजले बार्शिक उत्सब मनाउन नसकेको क्याम्पस प्रमुख मणिराज महतोले जानकारी दिनुभयो ।। कोरोना कहर कायमै रहेकाले भिडभाड नगर्न प्रशासनले निर्देशन दिएकाले कलेजको बिशेष दिनलाई सम्झनु पर्छ भनेर यो पटक सामान्य रुपमा मनाईएको र केही समयपछि खेलकुद कार्यक्रम गरिने महत्तोले बताउनुभयो।
Advertisement
कलेजको बिशेष दिनमा आज बिद्यार्थी , शिक्षक र कर्मचारीहरु मिलेर सरसफाइ कार्यक्रम गरिएको छ। यस्तै चालिस वर्ष भन्दा माथिका शिक्षक , कर्मचारीलाई सुगर र प्रेसर जाँच गरिएको थियो।

