मङ्सिर ०२, काठमाडौं । घरेलु टिम भारतले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा न्युजिल्याण्डलाई हराएको छ।
जयपुरमा बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो। न्युजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार हुनेछ। भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै कप्तान रोहित शर्माले ४८ रन जोड्दा केएल राहुलले १५ रन बनाए। श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए। ऋषव पन्त १७ रनमा अविजित रहदा अक्षर पटेल १ रनमा अविजित रहे।
न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए। टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले। गुप्टिलले ७० रन तथा मार्कले ६३ रन बनाए। टिम सेइफर्टले १२, रचिन रविन्द्रले ७ तथा मिचेल स्टानरले अविजित ४ रन जोडे।
ग्लेन फिलिप्स सुन्य रनमा आउट हुँदा कप्तान टिम साउथी सुन्य रनमा अविजित रहे। भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए। दिपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए।

