भरतपुर, ४ कार्तिक।
नारायणगढ लायन्सचोकको बिसाल मार्गमा रहेको कलेज अफ कुलिनरि एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवन (सिसिएचएम) ले मानव सेवा आश्रमलाई एक दिनको खाना खुवाएको छ।
आफ्नो वार्षिक कार्यक्रम अनुसार कलेज अफ कुलिनरि एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवनले भरतपुर -९ मा रहेको मानव सेवा आश्रममा रहनु हुने सम्पुर्ण आमा, बुवा र शारीरिक असक्त रहेका बालबालिकाहरुलाई आजको खाना खुवाएको हो।
उक्त खाना खुवाउने कार्यक्रममा कलेजका अध्यक्ष रविन्द्र वुढाथाेकी साथै कलेजका अन्य प्रतिनिधि नवीन धिमिरे, उपेन्द्रराज घिमिरे, सुमन अधिकारी, गणेश गैरे लगाएतको उपस्तिथिति रहेको थियो।
यस अघि पनि कलेज अफ कुलिनरि एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। कलेजमा अध्यनरत विद्यार्थीहरु निकै जुझारु सथै समाज प्रति उत्तरदायी रहने गरेको कलेजका अध्यक्ष बुढाथोकिले जानकारी गराउनु भयो।

