भरतपुर, २४ असोज।
गोरखा छोप्राक २ मा घर भै हाल चितवन बसोबास गर्दै आइरहनु भएका सामाजिक ब्यक्ति तुलसि प्रसाद भट्टको संयोजनमा देवघाटमा रहेको रामजानकि बालिका आश्रमका लागि खाद्यान्न सामाग्री सहयोग भएको छ।
नेपालीहरुको माहान पर्व बिजया दशमीको अवसर पारेर आयोजना भएको उक्त कार्यक्रममा खाद्यान्न सामाग्री सहयो हस्तान्तरण हुनुका साथै बालिकाहरुका लागि भै परि आउने बिबिध खर्चको लागि अक्षयकोष समेत निर्माण गरिएको छ। 
उक्त कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग पुर्याउने सरिता भुजेल, धन रिजाल , राज कुमार कार्की, बिस्णु निउरे, याना बान्तवा, राधा महत , आकाश खत्री , युबराज लामा, अमृता के.सि , रमा क्षेत्रि, बिस्णु घिमिरे कटेल, तुल्सी ढकाल लगाएत सम्पुर्णमा कार्यक्रम संयोजक तुलसि प्रसाद भट्टले हार्दिक आभार प्रकट गर्नु भएको छ।
सथै उक्त कार्यक्रम को लागि प्रत्यक्ष रुपमा सफल बनाउन काठमाडौ बाट पाल्नु भएका सबै र कार्यक्रम मा उपस्थित सम्पुर्ण मा हार्दिक आभार प्रकट गर्नु भएको छ।
उक्त कार्यक्रम को प्रमुख अतिथी सावित्री टन्डन,तथा सामाजिक ब्याक्तित्व एबम कार्यक्रम सम्योजक तुलसी प्रसाद भट्ट जियु ले सभापति को आसन ग्रहण गर्नु भएको थियो। भने कार्यक्रम प्रमुख अतिथी , अथिती गण लगाएत उपस्तिथि सम्पुर्ण को रोहबर मा पानस मा बत्ति बाली उद्घाटन गरिएको थियो। बालिका हरुले स्वस्तिबाचन गरि कार्यक्रम लाई थप रौनकता थप्नु भएको थियो।।उक्त कार्यक्रम सामाजिक ब्याक्तित्व श्री कृष्ण पुरी ले सन्चालन गर्नु भएको थियो भने गोबिन्द थापा, सम्भु लम्साल एबम संस्थाका माहासचिब रामेश्वर खनाल जियु ले स्वगत मन्तब्य राख्नु भएको थियो।
उक्त अबसरमा अतिथी हरुलाइ अबिर तथा रुद्राक्ष माला लगाइ अनु सर्मा ले स्वगत गर्नु भएको थियो भने मन्तब्य राख्ने क्रम मा सामाजिक ब्याक्तित्व एबम सर्प संरक्षक यमलाल भन्डारी ले बालिका हरुको उज्ज्वल भबिस्यको कामना गर्दै भजन कृतन गर्नु भै उपस्थित सम्पुर्ण लाई नचाउनु भएको थियो।
यसरी यस भन्दा अगाडि पनी तुलसी प्रसाद भट्ट को सम्योजन मा विभिन्न ठाउमा यस्ता सामाजिक काम हरु सन्चालन गर्दै आउनु भएको थियो भने भोलिका दिन हरुमा पनि यसरिनै सामाजिक कार्य मा आफुलाइ समर्पण गर्ने प्रतिबद्दता जनाउनु भएको छ।।

