किरण रानामगर
असोज १८, चितवन। चितवनका विभिन्न सामाजिक संघ सस्थाहरुको संयुक्त सहकार्यमा सोमबार बृहत सरसफाइ सम्पन्न भएको छ । नेपालिहरुको महान चाड बडा दशै तथा शुभ दिपावली नजिकिदै गर्दा आफ्नो ठाउहरु सफा राख्न पर्ने भन्दै सरसफाई अभियान सन्चालन गरिएको हो। भरतपुर महानगरपालिकाको गेट अगाडिदेखी लायन्सचोकसम्मको स्थानहरुमा सरसफाई गरिएको थियो। सरसफाई अभियानमा महानगरपालिका, WAY ग्रुप नेपाल, बेटर चितवन, द युनाइटेड चितवन, रिकभरिग नेपाल महासंघ बाग्मती प्रदेश, भरतपुर महानगर युवा संजाल, हाम्रो दृष्टि राम्रो दृष्टि, चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिती, सेवा र बिकासको लागि युवा, MWRR, दार्ही ग्याङ एवम् सरसफाइ प्रेमीहरुको सहभागिता रहेको थियो।
” हामी सबैको चाहना – सफा र स्वच्छ समाजको सृजना “भन्ने नारा सहित सरसफाइ अभियान गरिएको थियो ! कार्यक्रममा बोल्नु हुँदै वे ग्रुप नेपालका संयोजक भोजराज कंडेल ले आफुहरुले मात्र सरसफाइ गरेर नहुने बताउनुभयो। साथै आफुहरुले यो अभियान आगामी दिनमा पनि जारी राख्ने जानकारी दिनुभयो। हामिहरु हरेक कुरामा सबै एकजुट भएर काम गरेमा सफल भइने समेत जानकारी दिनुभयो। उहाले आफुहरुले फोहोर गर्ने प्रवृत्ति हटाउने पर्ने भन्दै महानगरले फोहोर उठाउने कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो। फोहोर नगरे सफा नै गर्नु नपर्ने भन्नू हुँदै उहाले सकेसम्म फोहोर नगर्न आग्रह समेत गर्नुभयो। त्यस्तै बेटर चितवनका सस्थापक अध्यक्ष सागर कार्कीले यस प्रकारको कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनु पर्ने बताउनुभएको छ । साथै यसप्रकारको कार्यक्रमले अन्य युवाहरुलाई समेत यस प्रकारको कार्यमा सहभागी हुन हौसला प्रदान गर्ने बताउनुभयो। सरसफाइ अभियानमा झन्डै १०० भन्दा धेरै सरसफाइ अभियान्ताहरुको सहभागिता रहेको थियो।
विभिन्न सामाजिक संघसस्थाहरुको संयुक्त सहकार्यमा सरसफाइ
विभिन्न सामाजिक संघसस्थाहरुको संयुक्त सहकार्यमा सरसफाइ
Advertisement
तपाईको प्रतिक्रिया

