चितवन, असाेज १६ गते ब्लड डोनर्स सोसाइटी नेपाल´र हेल्प फर हेप्पिनेस चितवन ´ को संयुक्त आयोजना तथा `जिल्ला ट्राफिक कार्यलय चितवनको सहकार्यमा नि: शुल्क २००० (दुई हजार )माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
i
बढी भिडभाड हुने स्थान मध्यनजर गर्दै चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे , अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई माक्स वितरण कार्यक्रम साथै जनचेतनामूलक कार्यक्रम गरिएको हेल्प फर हेप्पिनेस चितवन का अध्यक्ष रमन वाग्ले ले जानकारी दिनु भएको छ।
कोरोना सकिएको छैन हामी ले माक्स लगाउन छोडेनु हुन्न भन्दै आज उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा हेल्प फर हेप्पिनेसका उपाध्यक्ष प्रबिन शर्माले जानकारी दिनु भएको छ।आफू पनि सुरक्षित रहौ र अरु लाई पनि सुरक्षीत बनाउने उदेश्य ले उक्त कार्यक्रम गरिएको ब्लड डोनर्स सोसाइटी नेपालका सस्थापक तथा अध्यक्ष अर्जुन अधिकारी,ले जानकारी दिनु भएको छ । 
घर बाट बाहिर निस्कदा माक्स को प्र्योग अनिवार्य रुपमा गर्नका लागि पनि सबै लाई अनुरोध गर्दै उक्त कार्यक्रम गरिएको सचीव अन्जन दवाडी जानकारी दिनु भएको हो । यस्तो कार्य निकै राम्रो हो यस्तो कार्यक्रम बाट जन चेतना मा बिकास हुने जानकारी दिदै ट्राफिक प्रमुख भगवान थापा ले सबै लाई माक्स लगाएर मात्र हिड्न आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रहरीका जवानहरु लगाएत हेल्प हेप्पिनेर चितवन का र ब्लड डोनर्स सोसाइटी नेपाल सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

