काठमाडौं,असोज १६।
नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिन सुरु भएको छ। भाडा तिर्ने सम्झौता गर्ने तर भाडा तिर्ने अप्टिकल फाइबर लगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
आज (शनिवार) भरतपुरको बसेनी क्षेत्र, बसेनी सबस्टेशन अगाडि ,विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि र अन्य विभिन्न ठाउँमा इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिनुभयो । उहाँले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताउनुभयो । तार काटिएपछि आज चितवनका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको छ ।
तार काटिएर ईन्टरनेट सेवा बन्द हुदा वीद्युत प्राधिकरण अगाडी नारा बाजि समेत भएको छ।

