असोज ११, काठमान्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज सोमबार तोलाका ३०० रूपैयाँ बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ बढेको छ। आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

