असोज १०, चितवन । चितवन नेपाली कांग्रेस माडी नगर सभापतिमा कोमलनाथ भुषाल विजयी भएकाछन्।
भुषालले खेम प्रसाद महतोलाई ३ मतले पराजित गदैं विजयी भएको हो । विजयी भुषालले ७४ र पराजित महतोले ७१ मत प्राप्त गरेकाहुन्। शनिबार सम्पन्न निर्वाचन अन्तर्गत उप सभापतिमा गणेश पौडेल र मायानाथ अधिकारी विजयी भएका हुन्।
पौडेलले ९४ मत, अधिकारीले ८५ मत प्राप्त गर्नुभएको थियो भने नारायण प्रसाद सुवेदीले ७५ मत प्राप्त गरेकाहुन्। यसैगरी सह सचिवमा इन्द्र प्रसाद चापागाई र दिक्षा भट्टराई विजयी भएकाछन्। विजयी चापागाईले ७६ मत, भट्टराईले ७० मत प्राप्त गरे भने उाका प्रतिद्धन्दी घनश्याम लामिछानेले ६६ मत र हिरा पौडेलले ५७ मत प्राप्त गरेकाछन्। यस्तै नगर सचिव पदमा लोकनाथ लामिछाने र कपिल अधिकारी सर्वसम्मत चयन भएकाछन्।
त्यस्तै सदस्यहरुमा शंकर बहादुर कार्की, एकनारायण काफ्ले, नवराज चापागाईं, कुश्माखर चापागाईं, पाण्डब भट्टराई, लक्ष्मी भण्डारी क्षेत्री, लोक प्रसाद बस्याल, रामज्योति न्यौपाने, लक्ष्मी साँखी, ठाकुर प्रसाद पौडेल, दामोदर पौडेल, शान्ति बराल, युवनाथ पाध्या, प्रेम प्रसाद जैशी, हरिकला पौडेल, शुकराम महतो, हिरामणी चौधरी, बामदेव चपाई, जयरमीया महतो, शिवराज आचार्य, बिमला बराल, उमेश सहनी, हिरामती गुरौ, पम्फी अधिकारी, भोलानाथ चालिसे, तेजेन्द्र भण्डारी, प्रबिन देवकोटा र लाल बहादुर मगर चुनिएकाछन्। ९ वडाका १ सय ४८ जना प्रतिनिधीले मतदान गरेको मतदान अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए। १४९ मतदाता रहेको माडीमा १४८ मत खसेको हो। सो मतदान प्रक्रिया माडी नगरपालिका ६ स्वर्गिय कर्ण बहादुर घर्ती स्मृति ट्रस्टमा सम्पन्न भएको हो।

