असोज ०८, चितवन । जापान जान इच्छुक बिद्यार्थीलाइ लक्षित गरी बेस्ट एजुकेशनले सेमिनार गर्ने भएको छ । पश्चिम चितवनको चनौली पार्टी प्यालेसमा आउँदो शनिबार सेमिनार हुने भएको हो ।
सेमिनारमा करिब सय जना बिद्यार्थीको उपस्थिति रहने बेस्ट एजुकेशनका प्रबन्ध निर्देशक संजय कुवँरले बताए। कुवँरका अनुसार सेमिनार बिहान १० बजेबाट शुरु हुनेछ ।
Advertisement
सेमिनारमा आउने सहभागी बिद्यार्थीलाइ जापानमा गरिने अध्ययन सम्बन्धी सम्पुर्ण जानकारी दिइनेछ । सेमिनार बिशेष हुने भएकाले सम्पुर्ण बिद्यार्थीलाइ अनिवार्य उपस्थितिका लागी कुवँरले आग्रह गरे ।
सेमिनारमा बिगत लामो समय देखी जापानमै बसेर अध्ययन अध्यापन गराउने जापनिज प्रोफेसरले विद्यार्थीहरुलाई प्रशिक्षण गर्नृुहुनेछ ।

