असोज ०७,काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट प्रहरीले झण्डै १९ लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ। गएराति १२ बजे कागेश्वरी मनोहरा ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले सात सेट तास पनि बरामद गरेको छ। स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।
Advertisement

