असोज ०४, काठमान्डौ । सोमबार सुनको मूल्य तोलाको दुई सयले घटेर ८८ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन ८९ हजार एक सयमा कारोबार भएको थियो।चाँदीको मूल्य १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी ११ सय ५० रुपैयाँ तोला थियो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Advertisement

