भाद्र ३०, चितवन । चितवनको इच्छाकामना गाँउपालिका ५ नाग्दी खोलामा पहिरो खसेको छ । पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध भएको छ । राती २ः४५ बजेको समयमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक अबरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।
नाग्दी खोलामा पहिरो खस्दा,पृथ्वी राजमार्ग अबरुद्ध
नाग्दी खोलामा पहिरो खस्दा,पृथ्वी राजमार्ग अबरुद्ध
तपाईको प्रतिक्रिया

