भाद्र २८, झापा । प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-८ का २२ वर्षीय सुमन तामाङ रहेका छन्। प्रहरीले उनलाई आइतबार दिउँसो भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Advertisement

