• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनको  नेपाल पोलिटेक्निक कलेजले अनलाइन कक्षाको चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु  आन्दोलित


भाद्र २७, चितवन । चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजले कोरोना महामारिको समयको पनि चर्को शुल्क असुलेको छ । अनलाइन कक्षाको नाममा कलेजले चर्को शुल्क असुलेपछि विद्यार्थीहरु आन्दोलित भएका छन । उनिहरुले आज (आइतबार) कलेज परिसर भित्र टायर बालेर प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन । विद्यार्थीले चर्को शुल्क फिर्ता गर, शैक्षिक माफिया मुर्दाबाद लगायतका नारा लगाएका थिए । विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी समेत गरिदिएका छन । कलेजले अनलाइन कक्षाको नाममा भौतिक उपस्थितिमा पढाइ हुँदा लिइने शुल्क असुलेको विद्यार्थीको आरोप छ । कलेजका एक विद्यार्थीले भने,‘कलेजको विभिन्न सेमेष्टरको अनलाइन पढाइ भएको थियो । कलेजले निःशुल्क जुम प्रयोग गरेर विद्यार्थीलाई ४० मिनेट मात्रै पढायो । त्यसमा पनि शिक्षक १० मिनेट अघि आउने र १० मिनेट छिटो जाने गथ्र्ये । अनलाइनको नाममा ठगी भयो । राम्रो संग पढाई भएन । कोरोनाको अवधिमा ल्याब र फिल्डको काम पनि नभएको विद्यार्थीले वताएका छन । तर कलेजले सबै शुल्क असुलेको छ । कलेजले १० प्रतिशत शुल्क मिनाहा गर्ने भनेपनि कार्यान्वयन नभएको विद्यार्थीको आरोप छ । विद्यार्थीले टिउसन शुल्क र अन्य शुल्क भन्दै ६०÷४० मा विभाजन गरेर टिउसन शुल्कको मात्र १० प्रतिशत छुट दिएको गुनासो गरेका छन । ‘पाँचौ सेमेष्टरमा १ लाख शुल्क बुझाउँदा ६ हजार मात्र छुट भयो, एक विद्यार्थीले भने’,हामीलाई अनलाइन पढाएको नामा लाखौ रुपैंया असुल्न पाइदैंन ।’ विद्यार्थीले कोरोनाको अवधिभरको २० प्रतिशतसम्म छुट दिनुपर्ने माग गरेका छन । गतबर्ष पनि आन्दोलन गरेपछि छुट दिने भनेको थियो । कलेजले केही विद्यार्थीलाई प्रभावित गर्यो। तर छुट दिएन’,विद्यार्थीले भने । पोलिटेक्निक कलेजले प्राविधिक शिक्षाका नाममा लुट मच्चाएको विद्यार्थीको आरोप छ । कलेजले एजि अध्ययनरत प्रति विद्यार्थीबाट १० देखि ११ लाख र भेटेरिनरी अध्ययनरत विद्यार्थीबाट १४ देखि १५ लाख रुपैंया लिने गर्छ । कलेजका प्रशासनिक अधिकृत शिव सुवेदीले कलेजमा अराजक समूहले तोडफोड र आगजनी गरेको बताए । ‘कोभिडको समयको छुट दिनु पर्यो भन्ने विद्यार्थीबाट आवाज आएको थियो । उनले भने’,विद्यार्थीको माग सम्बोधनका लागि शुक्रबार बोर्ड बैठक बसेर टिउसन शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेका थियौं । विद्यार्थीलाई मान्य भएन, गेट बन्द गराए, तोडफोड गरे ।’

Advertisement

उनले चितवन प्रशासनले कलेज संचालनका लागि अनुमती नदिदैं विद्यार्थीलाई बोलाएर प्रयोगात्मक कक्षा संचालन गरेको दाबी गरे । तर चितवन प्रशानले असोज १ गतेदेखि मात्र शैक्षिकसंस्था भौतिक उपस्थितिमा संचालन गर्न निर्देशन दिएको छ । त्यसअघि कुनैपनि शैक्षिकसंस्था भौतिक उपस्थितिमा खोल्न पाइने निर्णय भएको थिएन । सुवेदीले प्रशासनले १५ जना भेला हुन पाउने निर्णय गरेदेखिनै प्रयोगात्मक कक्षाहरु संचालन गरेको जिकिर गरे । उनले अनलाईन कक्षा ५० मिनेट लिने गरेको र विद्यार्थी आफै लापरवाही गरेर सहभागी नहुने गरेको बताए । उनले अन्य शैक्षिक संस्थाहरुले पनि कोभिडको समयको शुल्क असुलेकाले आफुहरुले पनि त्यही गरेको वताए ।

Advertisement

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.