भाद्र २२, सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा गएकाे आइतवार राति भएको ६ जनाको सामूहिक विभत्स हत्याको अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल आइपुगेको छ । सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली हिजाे सोमवार राति अबेर मात्रै घटनास्थल आइपुगेको हो । टोलीले आज मङ्गलवार बिहानैदेखि विभिन्न चरणमा अनुसन्धान सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले बताउनुभयो । स्थानीयवासी ८५ वर्षीय बौदमान कार्कीका एकै परिवारको वंश नै नाश हुने गरी ६ जनाको हत्या भएको थियो । यस घटनामा घरमुली बौदमान कार्की भने सकुशल छन् । यस हत्याकाण्डमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र सात वर्षीया गोमा कार्कीले ज्यान गुमाएका थिए । घटनास्थल वरपर घरको आँगन, खरबारी र खोल्सासम्म यत्रतत्र छरिएको अवस्थामा शव फेला परेको थियो । याे हत्याकाण्डले सुरक्षाकर्मीलाई समेत चुनाैती थपिएको छ ।
सङ्खुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा, अनुसन्धान सुरु
सङ्खुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा, अनुसन्धान सुरु
तपाईको प्रतिक्रिया

