भाद्र १८, काठमाडौ । अभिनेत्री ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन्। उनले आमा बन्ने मिति नजिकिएपछि शोबाट विश्राम लिएकी हुन्। गर्भवती ऋचाले उत्कृष्ट तीन प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा शोमा सहभागीता जनाएकी थिइन्। फाइनल प्रतियोगितामा भने उनी अनुपस्थित हुने छिन्।ऋचाले भनिन्, ‘फाइनलमा उपस्थित हुने चाहना भए पनि स्वास्थ्यको कारण विश्राम लिएकी हुँ। डाक्टरले दिएको मेरो आमा बन्ने मिति नजिक आएकोले अहिलेसम्म शोमा रहे पनि फाइनलमा अनुपस्थित हुनुपर्ने भयो।’ ऋचाले बिदा लिएपछि शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।
कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ। फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ।
कमेडी च्याम्पियन–२ बाट अभिनेत्री ऋचाले लिइन् विश्राम
कमेडी च्याम्पियन–२ बाट अभिनेत्री ऋचाले लिइन् विश्राम
तपाईको प्रतिक्रिया

