काठमाडौं, भदौ १३ । अविरल वर्षाले यतिखेर देशभर जनजीवन प्रभावित बनेको छ। काठमाडौं उपत्यकामा पनि केही दिनदेखि वर्षा भइरहेको छ। वर्षाले उपत्यकाका विभिन्न सडकमा आवागमनमा प्रभावित बनाएको छ।
सधैँ व्यस्त भइरहने नेपालकै दुई ठुला अस्पताल थापाथलीस्थित प्रसूति गृह र नर्भिक अस्पतालबीच सडकको दुर्दशाले बिरामीलाई प्रभाव पारेको छ। सडकमा खाल्डाखुल्डीले बिरामी थप मर्कामा छन्। सरोकारवाला निकाय भने मौन देखिएका छन्। त्यसमाथि अविरल वर्षाका कारण उक्त सडकमा हिँड्डुल गर्न पनि कठिनाई भएको छ।
Advertisement

