भाद्र ११, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकारको सिफारिसअनुसार प्रधान सेनापतिमा शर्मालाई नियुक्त गरिएको जनाएको छ।
Advertisement
शर्माको नियुक्ति भदौ २४ गतेबाट लागू हुने कार्यालयले स्पष्ट पारेको छ।
हाल नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको रुपमा उनले जिम्मेवारी सम्हाल्दै आएका छन्।
भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

