भाद्र ११, काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
Advertisement
यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ।
हाल सक्रिय संक्रमित ३७ हजार ५९९ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३. ६ प्रतिशत रहेको छ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्।

