भाद्र ११, चितवन । हिजो बेलुकादेखि सेती दोभानमा पहिरो संँगै कालोपत्रे सडक समेत भासिएको छ । बिहान सांँढे पांँच बजेदेखि पहिरो पन्छाएपनि अविरल बर्षाका कारण पहिरो आउने क्रम नरोकिएकाले थप समय लाग्ने ट्राफिक कार्यालय, चितवनले जनाएको छ । बिहान सांँढे ४ बजेतिर पांँच किलो भन्ने ठाउंँमा समेत सुख्खा पहिरो गएपनि हाल सो स्थानको पहिरो पन्छाईएको मुग्लिन ट्राफिक प्रहरी प्र.स.नी नरहरि अधिकारीले जानकारी दिए । सेतीदोभानमा लेदोसहितको पहिरो खसेकोले पहिरो पन्छाउन थप जोखिम र कठिनाई भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दुबैतर्फ सवारीसाधन खोल्ने प्रयास भएकोले बर्षा नभए एक घण्टा लाग्ने ट्राफिक प्रमुख भगवान थापाको भनाई छ ।दुबै तर्फका सवारी साधनलाई सुरक्षितर खाली ठाउंँ राखी रोकेर राखिएको थापाले बताए । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान बिहिबार बेलुका ८बजेर २० मिनेटमा पहिरो गएको हो ।
चौध किलोमा पहिरोसंँगै कालोपत्रे सडक भासियो
चौध किलोमा पहिरोसंँगै कालोपत्रे सडक भासियो
तपाईको प्रतिक्रिया

