भाद्र १०, पर्सा । पर्साको वीरगञ्जस्थित सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट भएको छ। घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। तातो फलाम पगाल्ने क्रममा भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पर्साका सञ्चार कक्षका हवल्दार गंगाराम रायले जानकारी दिए। पग्लेको फलामको चोइटा उछिटिएर आगो लाग्यो। त्यही क्रममा कामदारलाई चोट लागेको हो,’ उनले भने। उनका अनुसार घाइतेमध्ये अधिकांश भारतीय कामदार छन्।भारतको युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दासको अवस्था गम्भीर छ।उनीहरूको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको हवल्दार रायले बताए। घाइते भएका अन्य कामदारको अवस्था सामान्य छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पर्सामा सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट, १५ जना घाइते
पर्सामा सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट, १५ जना घाइते
तपाईको प्रतिक्रिया

