भदौ ०९, पोखरा । कास्कीमा सार्वजनिक तथा निजी यातायातमा लागू गरिएको जोर बिजोर प्रणाली कायम गर्दै भदौ १८ सम्म निषेधाज्ञा थपिएको छ । बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले सार्वजनिक यातायात सुचारु गर्न पाउनेछन् । संक्रमित बढेको भन्दै भदौ ४ गतेदेखि यातायातमा जोर बिजोर प्रणाली लागू भएको थियो ।
Advertisement

