भाद्र ०९ , काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र श्रेष्ठले दुई जना बसले च्यापिएको र उनीहरुको मृत्यु भएको बताएपनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन् ।
Advertisement
प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेकाले के कति मृत्यु भएको हो भन्न नसकिएको बताए ।
घाइतेहरुलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदावहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

