• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

भरतपुर अस्पतालको रेडियोलोजी विभागमा चरम लापरवाही, हैरानी व्यहोर्दै बिरामी र आफन्त


भाद्र ०८, चितवन । भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो । अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।

Advertisement

अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ । दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा बिरामी पुग्ने गर्दछन् । रातका समयमा टिकट काटेर सेवा नपाएर छट्पपिइरहेका बिरामी देख्दा दिक्क लाग्ने गरेको टिकट काउन्टरमा बस्ने बताउँछन् ।

Advertisement

पटकपटक फोन गर्दासमेत चिकित्सक र प्राविधिक समयमा नआउने र उल्टै गाली गलौज गर्ने गरेको काउन्टरमा रहेका एक कर्मचारीले एक वर्ष अघिदेखि नै गुनासो गर्दै आएका छन् ।

अस्पतालको रेडियोलोजी विभागमा २४ घण्टा चिकित्सक र प्राविधिकलाई जिम्मेवारी तोकिएको छ । अस्पतालको आकस्मिक कक्ष नजिक रहेको कोठा नम्बर १५ मा सोमबार साँझ ९.१० बजेका समयमा एक महिला भिडियो एक्सरेमा चिकित्सक आउने बाटो हेर्दै हुनुहुन्थ्यो । नवलपरासीको सर्दिबाट आकस्मिक उपचारका लागि आउनु भएकी ३२ वर्षीया रुपा (नाम परिवर्तन) साँझ ८ बजेदेखि अस्पतालमा चिकित्सकको पर्खाइमा हुनुहुन्थ्यो ।

गर्भवती समयमा स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचारका लागि आनुभएकी उनीले अस्पतालको काउन्टरमा रेडियोलोजी विभागमा ‘चिकित्सक कतिखेर आउनुहुन्छ भन्दै सोधी’ राखेको देख्न सकिन्थ्यो । अस्पतालका कर्मचारी भने ‘चिकित्सक आउने समय थाहा नभए पनि फोन गरेको छु आउनुहुन्छ’ भन्दै थिए । बिरामी भएर उपचारका लागि अस्पताल आउनुभएकी उहाँलाई अस्पतालको रेडियोलोजी विभागमा गएर बस्न भनिएको थियो । चिकित्सक कतिखेर आउने भन्ने अन्यौल थियो ।

सोही क्रममा काउण्टरमा रहेका कर्मचारीले भन्नुभयो “रातिमा भिडियो एक्सरेको टिकट नकाटे पनि हुने हो । चिकित्सक कतिखेर आउनुहुन्छ थाहा हुँदैन । यहाँ बिरामी अन्तिम समयमा पुग्ने बेला भैसकेको हुन्छ ।” उक्त समयमा क–कसको ‘ड्यिुटी’ हो भन्ने जिज्ञासमा भने ती कर्मचारीले खुलाउन चाहेनन् । रुपा एउटी प्रतिनिधि पात्रै मात्रै हुनुहुन्छ । अस्पतालमा रातका समयमा आउने सबैको समस्या उनीको जस्तै छ ।

अस्पतालको सो विभागमा आठ चिकित्सक, एघार प्राविधिक कार्यरत छन् । उनीलाई सिफ्टमा कामको जिम्मेवारी दिइएको छ । रातका समयमा ड्यिुटी पर्ने चिकित्सक आफ्नो कार्यक्षेत्रमा नबस्दा यहाँ आएका बिरामी बाहिर गएर उपचार गाउन बाध्य हुने गरेका छन् । कतिपय समयमा फोन गरेर बोलाए पनि चिकित्सक नआइ प्राविधिकलाई जिम्मा लगाउने गरेको र ‘भिडियो एक्सरे नै हुँदैन’जनाउँदै पठाउने गरेको गुनासो सेवाग्राहीको छ ।

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेल २४ घण्टाका लागि पालो मिलाएर चिकित्सक र प्राविधिक रहने गरेको जानकारी दिनुहुन्छ । आफ्नो पालो परेका समयमा चिकित्सक बस्नुपर्ने उहाँको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने यसलाई व्यवस्थापन गर्ने तयारी गरिएको बताउनुहुन्छ । अस्पतालमा गएको दुई वर्षमा ६ मेडिकल सुपरिटेण्डेण्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भ्रमण गर्ने भनिए पनि एकसाता अघिदेखि काठमाडौँ रहनुभएका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा न्यौपाने अस्पताल आएको भए पनि मन्त्री फर्किनु अघि नै उहाँसमेत फर्किसक्नुभएको छ । अस्पतालका एक कर्मचारीले भने “अस्पताल मियो बिनाको दाइँ जस्तो भयो ।”

अस्पतालमै कार्यरत डा भोजराज अधिकारीलाई विकास समितिको अध्यक्ष बनाएपछि फेरिरहेका मेडिकल सुपरिटेण्डेण्टका कारण अस्पतालमा काम हुनसकेको छैन । स्थिर प्रशासक नहुँदा समस्या भएको उहाँ बताउनुहुन्छ । यो विभाग मात्रै होइन, अधिकांश विभाग अस्तव्यस्त अवस्थामा चलेको छ । सङ्घीय अस्पताल बनेको अस्पतालमा स्थायी मेडिकल सुपरिटेण्डेण्ट नभएसम्म गतिलिन नसक्ने त्यही कार्यरत चिकित्सक बताउँछन् । यो अस्पताल काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा धेरै प्रसूति सेवा दिन अस्पतालमा पर्दछ ।

यसो त सडक सञ्जालले घेरिएकाले धेरै दुर्घटनाका बिरामी यहाँ आउने गर्दछन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पताल र बाहिर जागिर हुनाले उनीहरुको ध्यान सरकारीमा भन्दा निजीमा बढी हुने गरेको छ । रासस

मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.