भाद्र ०७, काठमाडौ । पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पिसिआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।हाल सक्रिय संक्रमित ३८ हजार ३५१ सय छन्।यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७०८ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।
११ हजार ३२६ मा कोरोना परीक्षण गर्दा १ हजार ८०१ लाई संक्रमण
११ हजार ३२६ मा कोरोना परीक्षण गर्दा १ हजार ८०१ लाई संक्रमण
तपाईको प्रतिक्रिया

