भाद्र 0७, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरेको छ। यसअघि गत जेठ अन्तिममा नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको थियो।जसमा आदर्श पोख्रेलले डिजाइन गरेको जर्सी अन्तिम छनोटमा परेको हो। उक्त डिजाइनका लागि पोख्रेललाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको छ। ५ सय बढी डिजाइन मध्ये पोखरेलले गरेको डिजाइन अन्तिम छनोटमा परेको हो।यो जर्सी अब नेपाली क्रिकेट टिमले ओमान भ्रमणको दौरान लगाउनेछ।क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको भित्र्याएको थियो।
Advertisement

