भदौ ५, चितवन।
बिडिसि फुड्स प्रा. लि. द्वारा सञ्चालित भरतपुर ५ मा अवस्थित भवानी डेरीले एकै दिन आफ्ना बिक्री केन्द्रहरु बिस्तार गरेको छ। अन्तर्राष्ट्रिय प्राविधिको प्रयोगका साथ गुणस्तरिय दुध तथा दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री बितरण गर्दै आएको भवानी डेरीले शुक्रबार देखि भरतपुर ७ को गौतम चोक र भरतपुर १० को बिशाल चोकमा आफ्ना बिक्री केन्द्रहरु सुरु गरेको छ।

आम ग्राहकवर्गहरुलाई शुद्ध तथा गुणस्तरिय दुग्धजन्य पदार्थ बिक्री गर्नुका साथै बढ्दो कोरोमा महामारीको बेला स्वास्थको लागि दुधबाट पौष्टिक पदार्थ दिने र डेरीको उत्पादनमा गुणस्तर र शुद्धतामा आफु हरुले कुनै कमि नगर्ने डेरीका संचालक दृश्य बरालले जानकारी गराउनु भयो।
चितवन र गैडाकोट आसपासका क्षेत्रमा थप बिक्री केन्द्र छिट्टै बिस्तार गर्ने सोचमा आफुहरु रहेको र हाल बिशाल चोक, गौतम चोक सहित भरतपुर १० को दिपेन्द्र चोक र हाइ स्कुल रोड टाडीमा भवानि डेरीको बिक्री केन्द्र रहेको उहाँले जानकारी गराउनु भयो।

कुल लगानी ८ करोड रहेको भवानि डेरीले अब छिट्टै बजारमा आइसक्रिम र अन्य उत्पादनहरु लिएर आउने तयारीमा छ भने हाल भवानि डेरीको स्वास्थकर उत्पादन दुध, दहि, घ्यू , पनिर , चिज आदि परिकारहरु बजारमा बिक्री वितरण गरि रहेको छ।

