चितवन, भदौ ३ ।
चितवनमा सवारी चालक अनुमति पत्रको (लाइसेन्स) नविकरण गरिने भएको छ । बाग्मती प्रदेशका भौतिक, पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशव थापाले आफ्नो पहिलो निर्णय नै भरतपुरमा सवारी अनुमति पत्रको नविकरण गर्ने रहेको नेपाल यातायात महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भरतपुर यातायात कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर केही दिनमा नै लाइसेन्स नविकरण गर्ने निर्णय भएको हो । मन्त्रीलाई बधाई तथा सफल कार्याकालको शुभकामना दिन जानुभएका सुवेदीले अनलाईनबाट पनि पैसा तिर्ने सकिने गरी मन्त्री थापाले व्यवस्था गर्ने निर्णय गरेको बताउनुभयो । त्यसका लागि भरतपुरमा दक्ष कर्मचारी ल्याएर यातायात व्यवसायीलाई सहयोग प्रशिक्षण दिने छन् । भन्त्री थापालाई बधाई तथा सफलताको शुभकामना दिन चितवनबाट सुवेदीको नेतृत्वमा छहारी यातायात व्यवसायी संघका अध्यक्ष बद्री प्रसाद पौडेल, नारायणी यातायात व्यवसायी संघका कार्यालय प्रमुख शंकर गिरी लगायतको टोलि गएको थियो ।

