• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम


चितवन । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताउनुभयो ।

Advertisement

आयोजना हेर्दै गरेका सरकारी कार्यालय र ठेकेदार कम्पनीसँग समन्वय गरेर देखिएका बाधा, अवरोध फुकाउँदै समयमा काम सम्पन्न गर्न महानगरपालिकाले भूमिका खेलेको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखसँग आवश्यक समन्वय गरेर निर्माण सामग्री व्यवस्थापनदेखि आइपर्ने सबै खालका समस्याको समाधान गरिँदै आएको दाहाल बताउनुहुन्छ ।

Advertisement

जसका कारण कतिपय आयोजनाका काम निषेधाज्ञामा समेत भएको उहाँको भनाइ छ । भरतपुर महानगरपालिका–१० मा सिटीहल निर्माण भइरहेको छ । सघन सहरी विकास डिभिजन कार्यालय चितवनले सो आयोजना हेरिरहेको छ । कार्यालयका प्रमुख प्रकाश अर्यालका अनुसार रु ८७ करोड ८८ लाखमा सम्पन्न गर्ने गरी आयोजनाको काम भइरहेको छ । हालसम्म १५ प्रतिशत काम सम्पन्न भइसकेको छ । महानगरकै पुल्चोकबाट गोन्द्र्राङसम्मको छ लेन सडकको काम भइरहेको छ ।

डिभिजन सडक कार्यालय चितवनले सो सडक स्तरोन्नति गरिरहेको हो । सो सडक रु एक अर्ब १२ करोडमा स्तरोन्नति भइरहेको हो । यसले महानगरको सौन्दर्यतासमेत बढाउने छ । महानगर हुँदै जाने हुलाकी सडक विस्तार पनि भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जीनियर विजय दराईका अनुसार हुलाकी सडक स्तरोन्नतिका लागि रु ४० करोडको काम भइरहेको छ । यस्तै सोही कार्यालयले भरतपुर–मेघौली गोलाघाट वैकल्पिक राजमार्गको काम गरिरहेको छ ।

गत वर्ष रु तीन करोड खर्च भएको सो सडकमा यस वर्ष रु चार करोडको काम हुँदैछ । महानगरपालिकाभित्र सार्वजनिक–निजी साझेदारी अवधारणाबमोजिम नारायणगढको लायन्सचोकमा भरतपुर मेट्रो प्लाजा निर्माण गरिँदै छ । भरतपुर महानगरपालिकाले सो परियोजनाका लागि ११ कठ्ठा ७।७ धुर जग्गा निजी क्षेत्रलाई उपलब्ध गराएको छ । तीस वर्षपछि महानगरलाई स्वामित्व हस्तान्तरण गर्ने गरी प्लाजा बनाउन लागिएको हो । दुई बेसमेन्ट पार्किङसहित १४ तलाको बहुउद्देश्यीय भवन बन्ने छ ।

जसमा पाँचतारे होटललगायत व्यावसायिक फार्म हुनेछन् । यस परियोजनाबाट महानगरले ३० वर्षमा रु ८१ करोड राजश्वसमेत प्राप्त गर्नेछ । महानगर प्रमुख दाहालले यो महानगरको महत्वपूर्ण परियोजना बन्ने बताउनुभयो । महानगरकै वडा नं १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको छ । जसमा झण्डै रु तीन अर्ब लगानी हुने अनुमान छ । धर्मुस–सुन्तली फाउण्डेशनले सो परियोजनाको नेतृत्व गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्यका अनुसार नारायणगढ नजिकै नारायणी सिबीच मोडलमा काम अघि बढाइएको छ । सो क्षेत्रको विकासका लागि रु २९ करोड खर्च हुने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाभित्र ८८।६१ किलोमिटर चक्रपथ निर्माणको काम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको लगानीमा काम अघि बढेको हो । काम सम्पन्न गर्न रु आठ अर्ब खर्च लाग्ने सडक विभागले विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाको वडा नं २१ पार्वतीपुरमा आठ बिघा जमिनमा औद्योगिक ग्राम निर्माण गरिँदै छ । जसका लागि रु एक अर्ब १० करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । रु एक करोड लागतमा कम्पाउण्डको काम भइरहेको छ । महानगरपालिकाकै वडा नं ३ नगरवनको सानु मझुवामा अटोल्याण्ड बनाइँदै छ । रु एक अर्ब ३५ करोड खर्च लाग्ने अनुमान छ । यसको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत यो काम गरिँदै छ ।

महानगरलाई स्मार्ट सिटी बनाउनका लागि विस्तृत अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदन बुझाइएको छ । महानगरीय यातायात गुरुयोजनाका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न प्रस्ताव आह्वान गरिएको छ । महानगरले दिएको जानकारीअनुसार महानगरको शारदानगर, दिव्यनगर, पार्वतीपुर, मेघौली र जखडीमाईमा रु दुई अर्ब ४१ करोडका खानेपानी आयोजना निर्माण भइरहेका छन् । महानगरले पाँच किलोमिटर सतह ढल, ५१० किलोमिटर कालोपत्र निर्माण गरिसकेको छ भने ५० किलोमिटर मर्मत गरेको छ । वडा नं २८ मा आपत्कालीन आवास निर्माण गरिसकेको छ ।

यसैगरी भरतपुर–१२ मा रु सात करोडमा राइनो पार्क, वडा नं २५ मा रु ७९ करोडमा देवीस्थान पार्क, वडा नं १४ मा रु सात करोडमा म्युजिम र फनपार्क, वडा नं १६ मा रु चार करोडमा चिडियाखाना, वडा नं १३ मा रु ३।५ करोडमा भ्यूटावर र पार्क, वडा नं १५ मा रु तीन करोडमा स्मृतिपार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ । वडा नं १९ र २३ मा खुला व्यायामशाला निर्माण गर्दैछ । नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ९० किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता भइसकेको छ ।

जसका लागि रु १८ करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरले १५ शय्याको कोभिड अस्पताल निर्माण गरेको छ भने फोहरमैला व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । महानगरभित्रै ‘एक सहर, एक पहिचान’अन्तर्गत भरतपुर अस्पतालभित्र बिरामी कुरुवाघर निर्माण गरिएको छ । देवघाटमा शव दाहस्थल बन्दैछ भने रानीपोखरी, केन्द्रीय बसपार्क मर्मतसम्भारलगायतमा सघन सहरी विकास डिभिजन कार्यालयले रु २५ करोडको काम गरिरहेको छ ।

भरतपुरको वाइपास सडकसमेत निर्माण भइरहेको छ । भरतपुर महानगरभित्रको महत्वपूर्ण परियोजना भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको छ । सबै आयोजनाका काम अघि बढिरहेको भन्दै दाहालले काम सम्पन्न हुँदै गर्दा महानगरको मुहार फेरिने बताउनुभयो । समग्र महानगरको ट्रिटमेन्ट प्लान्टसहितको ढल निकासका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सहरका मुख्य सडक र राजमार्गमा रहेका बिजुली तथा टेलिफोनका तार भूमिगत प्रणालीमा व्यवस्थापन गर्ने कामको बोलपत्र आह्वानको प्रक्रियामा पुगेको छ ।

राप्ती र नारायणी नदीको कटान तथा डुबानलाई रोक्न तटबन्धका लागि रु छ अर्ब हाराहारीको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरिएको छ । यस आयोजना पनि छिट्टै सुरू गर्ने लक्ष्य रहेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो । उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको समन्वयका कारण ठूला परियोजना कोभिडको समयमा पनि रोकिन नपरेको बताउनुभयो । सबैको साथ र सहयोग रहेमा निर्माण भइरहेका र हुने चरणमा रहेका आयोजना समयमै सम्पन्न हुने बताउनुभयो ।

महानगरसँगै सङ्घीय र प्रदेशका सांसद, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र महानगरवासीको सहयोगका कारण यहाँ ठूला परियोजना सफल भएको र काम अघि बढेको ठकुरीको भनाइ छ । देशकै मध्य र महत्वपूर्ण भाग भएकाले महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।रासस

मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.