चितवन,
भरतपुर महानगरपालिका ३ नारायणगढको लायन्सचोकमा एक वेवारिसे शव फेला परेको छ । लायन्सचोकस्थित शुभम पेट्रोल पम्प अगाडि चौतारामा एक युवकको शव फेला परेको छ ।
आज सोमाबर बिहान ११ बजे अन्दाजी २७-२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । मृतक वेवारिसे सडक मानव हुन सक्ने प्रहरीको अनुमान छ ।
शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Advertisement

