• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन


गलकोट, ३१ साउन (रासस) :

Advertisement

कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ ।

Advertisement

यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरिएको हो ।

बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीयवासीको रु एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर लामो साइकल लेन निर्माण गरिएको छ । बेलढुङ्गाबाट कान्छो धवलागिरि नजिकै साइकल लेन पुगिसकेको छ । संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययनसमेत भइसकेको छ ।

दुई वर्षअघि मात्रै बागलुङ–६ स्थित पाँचकोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरिएको थियो । तत्कालीन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पदमार्ग पहिचानको शुभारम्भ गर्नुभएको थियो । त्यही समयमा पहिचान गरिएको पदमार्गलाई अहिले साइकल लेनका रूपमा विकास गर्न थालिएको हो । साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत यात्रा गर्न सकिने गरी सिँढीसहितको पदमार्ग निर्माण थालिएको बेलढुङ्गा, पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिनुभयो ।

“पदमार्गलाई साइकलसमेत कुदाउन सक्ने गरी विकास गर्न खोजेका छौँ, त्यसैले बेलढुङ्गा–पञ्चकोटलाई साइकल लेनले जोड्ने हाम्रो उद्देश्य हो, अहिले गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको रु २० लाख र एक लाख श्रमदानबाट देउरालीबाट बेलढुङ्गा ‘भ्यू प्वाइन्ट’ पुग्ने स्लेट ढुङ्गासहितको ३०० मिटर पदमार्ग र सोही स्थानबाट एक हजार ७०० मिटर साइकल लेन निर्माण गरेका छौँं”, अध्यक्ष घर्तीले भन्नुभयो, “साइकल लेनमध्ये १७५ मिटरमा स्लेट ढुङ्गा बिच्छ्याएर चिटिक्क बनाएका छौँ, सबै स्लेट ढुङ्गा ताराखोला गाउँपालिकाबाट ल्याएका हौँ ।”

बेलढुङ्गाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट केही सरकरात्मकरूपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै रु दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत बेलढुङ्गा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर जैविक उत्पादन चखाउने योजना रहेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीषले बताउनुभयो । श्रीषका अनुसार चार फिट चौडा साइकल लेन निर्माण गरिएको हो ।

बेलढुङ्गालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी गाउँपालिकाले अग्रसरता देखाएको उल्लेख गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापाले यो आर्थिक वर्षमा समेत बेलढुङ्गा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो । “पदमार्ग र साइकल लेन निर्माणलाई पूर्णता दिन समय लाग्ने भए पनि यसको पूर्णताले पञ्चकोट र बेलढुङ्गालाई जोड्ने मात्र नभई साहसिक पर्यटकको गन्तव्य बनाउने छ”, थापाले भन्नुभयो ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड यसको प्रमुख आकर्षण हो । यद्यपि विसं २०७२ को भूकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुङ्गा ढलेको भए पनि अहिले पुनःनिर्माणले गति लिएको छ । अहिले बेलढुङ्गालाई पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्डसमेत राखिएको छ ।

बागलुङ जिल्लाको काठेखोला–३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको दुई हजार ६१४ मिटर अग्लो पहाड बेलढुङ्गा अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.